कांग्रेस सभापति देउवा प्रधानमन्त्री ओलीसँग आक्रोशित


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार २३ २०७७
6.8K
SHARES

२3 असार काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आक्रोशित बनेका छन् । आफूलाई प्रधानमन्त्री ओलीले ठगेको देउवाको गुनासो छ ।आगामी महाधिवेशनका लागि छलफल गर्न सानेपामा जारी नेपाली कांग्रेसको बैठकमा सभापति देउवाले प्रधानमन्त्री ओलीको आलोचना गरेका हुन् । देउवाले बैठकमा दिएको जानकारीअनुसार असार १७ गते प्रधानमन्त्री ओलीले संवैधानिक आयोगहरुमा गर्ने नियुक्तिबारे छलफल गर्नुपर्ने छ भन्दै देउवालाई बालुवाटार बोलाएका थिए ।

प्रतिपक्षी दलको नेता भएका कारण देउवा संवैधानिक परिषदका सदस्य हुन् भने प्रधानमन्त्री ओली परिषदका अध्यक्ष हुन् । साँझमा भएको छलफलमा प्रधानमन्त्री ओलीले संसदको यही अधिवेशनबाट एमसीसी पास गर्ने प्रस्ताव देउवासित राखे ।देउवाका अनुसार बालुवाटारको सो भेटमा प्रधानमन्त्री ओलीले भने, ‘एमसीसीलाई हाउसमा पेश गर्न सभामुख अग्नि सापकोटाले मान्दै मानेनन्, अब कार्यव्यवस्था समितिको बैठक राखौं अनि कांग्रेस र हामी मिलेर एमसीसीलाई बैठकको एजेण्डा बनाऔं । भोटिङमा लगेर बहुमतबाट पारित गरौं ।’सानेपामा आयोजित पार्टीको बैठकमा सभापति देउवाले बालुवाटारको छलफलबारे रिपोर्टिङ गर्दै भने, ‘मलाई एमसीसी पास गरौं भनेर पठाएको भोलिपल्टै कसैलाई थाहा नदिई संसद अधिवेशन पो अन्त्य गरे । ओलीले मलाई ठगे ।’