उपत्यकामा ५४ गरि नेपालभर थप १८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार २३ २०७७
4.6K
SHARES

२3 असार काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ५४ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भक्तपुरका १०, काठमाडौंका २४ र ललिपुरका २० गरी उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १५ हजार ९६४ पुगेको छ। यसैगरी बितेको २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनाभाइरसमुक्त हुनेको कुल संख्या ६ हजार ८११ पुगेको छ । २५ प्रयोगशालाबाट बितेको २४ घण्टामा ४७२१ वटा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।