नेपालमा कोरोना संक्रमितको संख्या घट्दो आज ५७ जना संक्रमित


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन ३ २०७७
5.1K
SHARES

३ साउन काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या दुई अंकमा झरेको यो नि पहिलो हो।शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ रहेको छ। नेपालमा पछिल्लो २४ घण्टामा थप १०३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।योसँगै कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ६३७ पुगेको छ। त्यस्तै कोरोनाका कारण नेपालमा अहिलेसम्म ४० जनाको मृत्यु भइसकेको प्रवक्ता गौतमले जनाकारी दिए।कोरोना संक्रमणको कारण नेपालमा हालसम्म ४० जनाको निधन भएको छ।