कोरोना महामारीको स्थिती थप भयावह हुन सक्छ – ट्रम्प


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ७ २०७७
9.5K
SHARES

७ साउन काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना महामारीको स्थिती थप भयावह हुने बताएका छन् ।उनले महामारी उच्चतम बिन्दुमा पुगेपछि स्थिती पुनः ठिक हुनेसमेत बताएका छन् ।कोरोनाबारे दैनिक पत्रकार सम्मेलन पुनः सुचारु गर्दै ट्रम्पले सबै अमेरिकीलाई फेस मास्क लगाउन अपिल गर्दै यसको असर लामो समयसम्म रहने बताएका छन् ।राष्ट्रपतिले भने पत्रकार सम्मेलनमा फेस मास्क लगाएका थिएनन् र यसअघि यस्तो प्रकारको सावधानीको खिल्लीसमेत उडाएका थिए ।

राष्ट्रपतिका सल्लाहकारले अमेरिकामा कोरोना संक्रमण तीब्र रुपमा बढिरहेका कारण उनलाई आफ्नो धारणामा परिवर्तन गर्न आग्रह गर्दै आएका थिए ।महिनौंपछि मंगलबार आफ्नो पत्रकार सम्मेलनका क्रममा उनले निकै सम्हालिँदै त्यहि कुरा दोहोराए जुन कोरोना टास्क फोर्सका अधिकारी र स्वास्थ्य विशेषज्ञले भनिरहेका थिए ।

त्यतिबेला उनले दुर्भाग्यले महामारी ठिक हुनु अघि नै यो थप विध्वंशकारी हुने चेतावनी दिए । उनले भने, ‘हामी सबैले भनिरहेका छौं कि सामाजिक दुरीको पालना गर्न सक्नुहुन्नँ भने मास्क लगाउनुहोस् । मास्क तपाईंलाई मन पर्न पनि सक्छ, नपर्न पनि सक्छ तर यसको असर त पक्कै हुन्छ ।’ओपिनियन पोलका अनुसार नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडनले उनलाई कडा टक्कर दिनेछन् ।-बीबीसी