प्रेस संगठन गोरखाद्धारा पत्रकार महासंघ गोरखा शाखालाई सुरक्षा सामाग्रीहरु हस्तान्तरण
२८ साउन गोरखा । प्रेस संगठनले पत्रकार महासंघ गोरखा शाखालाई केही सुरक्षा सामाग्रीहरु हस्तान्तरण गरेको छ ।कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम नियन्त्रण र न्युनिकरणका लागि जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुले पाउने गरि उत्त सामाग्री हस्तान्तरण गएिको हो ।अग्रमेर्चामा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुको सुरक्षाका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको प्रेस संगठन गोरखाका संयोजक दिपक श्रेष्ठले बताए ।
उत्त सामाग्री महासंघका शाखाका अध्यक्ष किशोरजंग थापालाई संगठनका संयोजक श्रेष्ठले एक कार्यक्रम बिच हस्तान्तरण गरिएको संगठनले जनाएको छ ।प्रेस संगठनका केन्द्रिय सदस्य राजेन्द्र न्यौपानेका अनुसार महासंघ मार्फत सञ्चारकर्मीहरुले पाउने उत्त सामाग्रीहरुमा सर्जिकल मास्क, सेनिटाइजर, एन ९५ मास्क र गोल्ब्स हस्तान्तरण गएिको हो । संगठनले महासंघलाई एकथान थर्मल गन समेत उपलब्ध गराएको छ ।