पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २८ २०७७
5.1K
SHARES

२८ साउन काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।मृतक जनकपुरकी २८ वर्षीया महिला हुन् । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।स्वास्थ्य कार्यालय ललितपुरले उनको मृत्यु बुधबार भएको पुष्टि गरेको छ ।