उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २९ २०७७
10.3K
SHARES

२९ साउन काठमाडौं ।काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १३८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार उपत्यकामा बुधबार थपिएका नयाँ संक्रमित काठमाडौंका १०९ जना, ललितपुरका २१ जना र भक्तपुरका ८ जना रहेको छ ।