ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र १० २०७७
4.8K
SHARES

१० भदौ, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ ।उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।