काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र १७ २०७७
9.5K
SHARES

१७ भदौ काठमाडौं । काठमाडौं उपत्यकाका जारी निषेधाज्ञा एक साता थपिएको छ।

तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको अवस्था रहेकोले एक साता निषेधाज्ञा जरुरी रहेकोले थपिएको जनाईएको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण अत्यधिक बढेपछि निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाको समयमा पनि संक्रमितको संख्या भने घटेको छैन ।

काठमाडौं उपत्यकामा गत भदौ तीन गतेदेखि लागु गरिएको निषेधाज्ञा आज राती १२ बजेबाट सकिँदैछ ।