बुधबार मुलुकभर ११२० कोरोना संक्रमित थपिए
Capital Headline
प्रकाशित मिति :
बुधबार, भाद्र १७ २०७७
4.6K
SHARES
१७ भदौ काठमाडौ । बुधबार मुलुकभर कोरोनाका ११२० संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए।
यीसहित हालसम्म संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट