फ्रान्समा कोरोना संक्रमणको स्थिती थप गम्भीर हुनसक्ने अनुमान


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र २१ २०७७
3.2K
SHARES

२१  भदौ  काठमाडौं ।फ्रान्समा अबको १५ दिनभित्र कोरोनाभाइरस संक्रमणको स्थिती थप गम्भीर हुनसक्ने चेतावनी दिइएको छ ।फ्रान्सका स्वास्थ्यमन्त्री ओलिवियर वेरनले आउँदो दुई हप्तामा आइसीयूमा भर्ना हुने मानिसहरुको संख्या बढ्न सक्ने बताउँदै थप सचेत रहन आग्रह गरेका छन् ।

  पछिल्ला केही दिनमा फ्रान्समा कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा बढिरहेको छ।वेरनले एक टेलिभिजन च्यानललाई दिएको अन्तरवार्तामा राष्ट्रव्यापी लकडाउनको आवश्यकतालाई खारेज गर्दै फ्रान्ससँग भाइरससँग प्रतिस्पर्धा गर्न अन्य तरिका पनि भएको जानकारी दिएका छन् ।
 उनले भने, ‘म लकडाउनको कल्पना गर्न सक्दिनँ । लकडाउन भक्भकी उम्लिरहेको खानालाई ढाकेको जस्तै थियो ।’फ्रान्समा कोरोनाभाइरस संक्रमितको संख्या बढेर ३ लाख ४७ हजार २ सय ६७ रहेको छ । यस्तै कोभिडका कारण मृत्यु हुनेको संख्या ३० हजार ७ सय ३० रहेको छ । -बिबिसी