आयल निगमले घटायाे डिजल र मट्टितेलको मूल्य
३१ भदौ काठमाडौं। नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य एक रुपैयाँ घटाएको छ। निगमले बुधबार रातीदेखि लागु हुने गरि मूल्य घटाएको हो। अब उपभोक्ताले डिजल र मट्टितेल लिटरको ९० रुपैयाँमा पाउनेछन्।
निगमले अरु पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको छ। निगमले इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूची अनुसार यहाँ समायोजन गरेको हो।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले भारतीय मूल्य आएपछि यहाँ घटाइएको जानकारी दिए। उनका अनुसार मूल्य समायोजनपछि पनि रक्सौल भन्दा वीरगंजमा डिजलको मूल्य लिटरमा ३६ रुपैयाँ सस्तो छ।