६ महिना पछि लामो दुरीका सार्वजनिक यातायात सञ्चालन
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असोज १ २०७७
4K
SHARES
१ असोज काठमाडौं । करिब ६ महिना लामो बन्दाबन्दी पछि आजदेखि लामो दुरीका सार्वजनिक यातायात सञ्चालन खुल्ला भएको छ । गत सोमबारको मन्त्रिपरिषदको निर्णयले पूर्व निर्धारित मितिमा नै सवारी सञ्चालनको अनुमति दिने निर्णय गरेसँगै बिहिबारबाट लामा दुरीका सार्वजनिक यातायात पनि सञ्चालनमा आएको हो । योसँगै आजबाट अन्तर जिल्ला तथा अन्तर प्रदेश भाडाका सवारी साधनहरु सञ्चालनमा आएका छन् ।
केहि दिनअघि सार्वजनिक सवारी साधन सञ्चालन सम्बन्धि निर्णय गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरले उपत्यकाभित्र जोरविजोर प्रणालीमा १६ सिट भन्दा माथिका सवारीलाई मात्र सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।त्यस लगत्तैको गत सोमबार बसेको मन्त्रिपरिषदको निर्णयले भने आवश्यक स्वास्थ्य सुरक्षाकोे मापदण्ड अधिकतम प्रयोग गरी देशभरका सार्वजनिक सवारी सञ्चालनको अनुमति दिने निर्णय गरेको हो । तर त्यस्ता सार्वजनिक सवारी धानहरुले सरकारले जारी गरेको निर्देशिका अनिवार्य पालन गरेर मात्र सञ्चालन अनुमति पाउने छन् ।लामो दुरीमा सञ्चालन हुने सवारी साधनले अनिवार्य सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्नु पर्ने, मास्क–सेनिटाइजर अनिवार्य हुनुपर्ने, बेलाबेलामा गाडीको डिस्इन्फेक्सन हुनुपर्ने लगायत स्थानीय सरकारको समेत नियम पालन गर्नु पर्ने छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट