गौतम राष्ट्रिय सभामा मनोनित
२ असोज काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामेदव गौतम राष्ट्रिय सभामा मनोनित भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सह-सचिव हरिप्रसाद दहालका अनुसार राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रियसभामा मनोनित गरेकी हुन्। प्रवक्ता दहालले गौतम संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम सरकारको सिफारिसमा मनोनित भएको जानकारी दिए । यसै बीच राष्ट्रियसभामा गौतमले बिहीबार नै शपथ लियका छन ।