चीनले सीमामा आफ्नो दोब्बर शक्ति बढाएको भारतको दाबी


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज ७ २०७७
6.5K
SHARES

७ असोज काठमाडौँ  ।  भारत र चीन सीमामा विवादको विषयमा कोर कमान्डरको छैटौं चरणको कुराकानीपश्चात् मंगलबार साझा बयान जारी गरियो ।अंग्रेजी पत्रिका ‘द हिन्दू’ ले यसलाई पहिलो पानामा निकै प्रमुखताका साथ छापेको छ । दुबै देशको संयुक्त बयानमा सीमामा भारतचीनले थप सैनिक पठाउन बन्द गर्नेछन् ।यसका साथै सीमामा कुनै पनि पक्षले एकतर्फी रुपमा यथास्थितीलाई परिवर्तन नगर्ने विषयमा पनि सहमति बनेको छ ।  दुबै देश गतिरोध अन्त्यका लागि कुराकानी आवश्यक भएको कुरामा सहमत छन् ।

सोमबार सैन्य कमान्डर स्तरमा भएको कुराकानीपछि साझा बयानमा भनिएको छ, ‘दुबै देशका नेताबीच कुराकानीलाई थप बलियो बनाउने विषयमा भएको सहमतिलाई गम्भीर रुपमा लागू गर्न आवश्यक छ । गलत बुझाईबाट बच्न आवश्यक छ र सीमामा सैनिकको संख्या अब बढाइने छैन । कुनै पनि पक्षले सीमामा एकतर्फी रुपमा यथास्थितीमाथि छेडछाड गर्ने छैनन् र जटिल समस्या निम्तिने कुनै पनि कदम उठाइने छैन । दुबै देश वास्तविक नियन्त्रण रेखा अर्थान् एलएसीमा स्थितीलाई स्थिर गर्न कोसिस गर्नेछन् ।’

द हिन्दूका अनुसार रक्षा स्रोतले अहिले पनि सैनिकलाई पछि हटाउने विषयमा सहमति स्थापित हुन सकेको छैन । यसबाहेक हालैको कुराकानीमा एलएसीमा कुनै पनि प्रकारको निर्माण कार्य नहुने विषयमा सहमति बनेको छ । दुबै पक्षबीच जतिसक्दो चाँडो कमान्डर स्तरको सातौं चरणको कुराकानीको प्रबन्ध मिलाइने सहमति बनेको छ । सीमामा शान्ति बहालका लागि कुनै ठोस् कदम उठाउने कुरा पनि गरिएको छ ।

छैटौं चरणको कुराकानी १४ घण्टासम्म चल्यो तर कुनै ठोस् नतिजा पाउन सकिएन । यो महिनाको सुरुवातमा मस्कोमा विदेशमन्त्री एस जयशंकर र चीनका विदेशमन्त्री वांग यी बीच जुन पाँच बुँदामा सहमति बनेको थियो, त्यसै आधारमा कोर कमान्डर स्तरको कुराकानी भयो पत्रिकाका अनुसार भारतले कुराकानीमा झडप भएको सबै स्थानबाट चीनलाई आफ्नो सैनिक फिर्ता बोलाउन भनेको छ । पहिलो पटक कोर कमान्डर स्तरको कुराकानीमा भारतीय विदेश मन्त्रालयका एक संयुक्त सचिव पनि उपस्थित थिए ।यद्यपि, सीमामा अहिले पनि स्थिती पहिले झैं छ । स्रोतका अनुसार भारतले सैनिकको फिर्ता पारस्परिक नहुने बताएको छ ।द हिन्दूका अनुसार एक नयाँ रणनीतिक रिपोर्ट अनुसार चीनले भारतसँगको सीमामा आफ्नो एयर बेसलाई दोब्बर बनाएको छ ।

हिन्दी पत्रिका दैनिक जागरण का अनुसार सन् २०१७ मा डोकलाम तनावपछि एलएसीमा चीनको शक्ति बढाउने रिपोर्टलाई प्रमुखतापूर्वक स्थान दिइएको छ । पत्रिकाका अनुसार चीनले वास्तपिक नियन्त्रण रेखामा कम्तीमा १३ नयाँ सैन्य इलाकाको निर्माणको काम सुरु गरेको छ । यीमध्ये तीन एयर बेस, पाँच स्थायी रक्षा तैनाथी र पाँच हेलिपोर्ट समावेश छन् ।

ग्लोबल सिक्योरिटी कन्सल्टेन्सीको रिपोर्ट अनुसार चार नयाँ हेलिपोर्टको निर्माणकार्य त्यतिबेला सुरु भएको थियो जब मेको सुरुवातमा पूर्वी लद्दाखमा चिनियाँ सेनासँग भारतको तनाव बढेको छ ।यो रिपोर्ट अनुसार डाकलाम प्रकरणपछि चीनले आफ्नो रणनीति परिवर्तन गरेको थियो । यसै रणनीति अनुसार पछिल्लो तीन वर्षमा चीनले आफ्नो एयर फोर्स अड्डाको संख्या दोब्बर गरेको छ ।

रक्षा विशेषज्ञ सिम टेङ्कले तयार गरेको रिपोर्टमा मंगलबार दिइएको जानकारी अनुसार चीनको निर्माण परियोजनाको अभियान भविष्यको सैन्य क्षमतालाई थ बलियो गर्नका लागि हो । चीन लामो समयसम्म भारतसँगको सीमा विवादलाई कायम राख्न चाहने भारतले बताउने गरेको छ । यो तनाव दुई देशको दायराबाट पनि बाहिर जान सक्ने बताइएको छ ।