(नेकपा)का प्रवक्ता श्रेष्ठ र भारतीय राजदुत क्वात्राबीच भेटवार्ता
७ असोज काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ । प्रवक्ता श्रेष्ठको आफ्नो निजी निवास हरिसिद्दिमा भएको भेटमा नेपाल भारत सम्बन्धका बिभिन्न आयामका बारेमा छलफल भएको छ।
भेटमा दुई देशकाबीचमा रहेका समस्या लाई छिटो वार्ताको माध्यमबाट समाधान गर्नु पर्ने आवश्यकताका बारेमा पनि विचार आदान प्रदान समेत भएको छ ।
भेटमा परराष्ट्र मन्त्रालयका दक्षिण एसिया मामिला हेर्ने टिकाराम उपाध्यायको पनि सहभागीता थियो ।कुनैपनि नेताहरुले विदेशका कुटनीतिक नियोकका प्रतिनिधिसँग भेट परराष्ट्र मन्त्रालयको माध्यमबाट हुने गरेको छ ।
विदेशका कुटनीतिक नियोगसँग भेट गर्नु पर्दा परराष्ट्र मन्त्रालय माध्यमबाट नै भेट गर्नुपर्ने नियम प्रवक्ता श्रेष्ठ परराष्ट्र मन्त्री भएको समयमा बनाएका थिए ।प्रवक्ता श्रेष्ठले परराष्ट्र मन्त्रालयको माध्यमबाट क्वात्रासँग भेट गरेका हुन् ।