मन्त्रिपरिषद् पुनर्गठनको हुदै
१५ असाेज काठमाडौं ।मन्त्रिपरिषद् पुनर्गठनको चर्चासँगै प्रधानमन्त्री निवास बालुवाटार र प्रचण्ड निवास खुमलटार र वरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वरमा धाउन थालेका छन् ।अहिलेसम्म मापदण्ड तयार छैन । अध्यक्षद्वयबीच व्यक्तिका विषयमा छलफल नभए पनि मन्त्री बन्नेहरुको चर्चा नेकपाभित्र सुरु भएको छ ।
उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने चर्चा नेकपाभित्र छ ।महासचिव पौडेल पनि अर्थमन्त्रीसहित सरकारमा सहभागी हुने चर्चा भए पनि उनले अध्यक्षद्वयलाई आफू पार्टी काममा केन्द्रित हुने बताइसकेका छन् । अन्तिममा अर्थसहित मन्त्री बन्ने पौडेलको सम्भावना बलियो छ ।
भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, महेश बस्नेतलगायतको नाम पनि मन्त्री बन्ने चर्चामा छ ।यी नेताहरु मन्त्री बन्ने वा नबन्ने भन्ने कुराको कतिजना अहिलेको मन्त्रिपरिषद्बाट बाहिरिन्छन् भन्ने कुराले टुंगो लाग्नेछ ।कमिसन बार्गेनिङको आरोप लागेका गोकुल बाँस्कोटालाई पनि फेरि मन्त्री बनाउने प्रधानमन्त्री ओलीको चाहना रहेको स्रोतको दावी छ ।