काँग्रेसका नेता थापालाई कोरोना संक्रमण


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज १८ २०७७
6.7K
SHARES

१८ अशोज  काठमाडौं ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । थापामा कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको छ ।केन्द्रीय समिति बैठकअघि बिहीबार काँग्रेसका नेता, केन्द्रीय कार्यालयका कर्मचारी र सुरक्षाकर्मी गरी १५९ जनाको स्वाब संकलन गरिएको थियो । केन्द्रीय सदस्य थापासहित आमन्त्रित केन्द्रीय सदस्य कल्पना चौधरी र शम्भुलाल श्रेष्ठ र तीनजना सुरक्षाकर्मी र कर्मचारीमा पनि कोरोना देखिएको हो ।

  थापाले भने, ‘असोज १५ गते पार्टी कार्यालयमा भएको पिसिआर परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ। मेरो स्वास्थ्य अवस्था सामान्य छ। अहिले म घरमै आइसोलेसनमा छु। यस बीचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।