मुख्यमन्त्री पोखरेल सवार गाडीमा आगजनी गरेको आरोपमा कांग्रेसका नेताहरु पक्राउ
१९ अशोज काठमाडौँ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार गरेको आरोपमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार काठमाडौंबाट फर्किरहेको मुख्यमन्त्री पोख्रेलको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले ९ जनालाई नियन्त्रणमा लिएको रातोापाटीलाई बताए । नियन्त्रणमा लिएकाहरुलाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको उनले बताए । उता, नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाणले आफ्नो पार्टीका ६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जानकारी दिएका छन् ।
उनीहरुले प्रहार गरेको ढुंगा मुख्यमन्त्री पोखरेल सवार गाडीमा लागेको प्रहरीले जनाएको छ । गाडीमा ढुंगा प्रहार गर्न थालिएपछि प्रहरीले हवाई फाईर समेत गरेको थियो । प्रदेश ५ को राजधानी दाङ प्रस्ताव गरेको विराधमा नेपाली कांग्रेसले आन्दोलनको घोषणा गरेको छ । सोही कार्यक्रमअनुसार आइतबार सो पार्टीले रुपन्देही बन्द समेत गरेको थियो ।