आज देखि Samsung Galaxy Z Fold 2 को प्रि–बुकिङ्ग खुल्ला


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज १९ २०७७
7.9K
SHARES

१९ असोज, काठमाडौं । नेपालमा लामो समयको  प्रतीक्षा पछि Samsung Galaxy Z Fold 2   को लागि प्रि–बुकिङ्ग अब समार्टडोकोमा
रु. २४,९,९९९ /-  मा उपलब्ध गराइएको छ । यस स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ जसमा किताब जस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्री क्यामेरा छ जुन तपाईले हात वेभ गर्दा शुट हुन्छ ।

प्रि–बुकिङ्ग गर्दा रु. १९,९९९/– मुल्यको Samsung Galaxy Buds Live निःशुल्क पाईनेछ र ग्राहकहरुले १ पटकको लागि १२ महिनाको ब्रेकेज बीमा पनि प्राप्त गर्न सक्नुहुनेछ । Samsung Galaxy Z Fold 2 प्रि–बुक गर्न  https://cms-prd.mygalaxy-nbs.com/NP-ZFold2-Preorder/वेभसाइटमा जान सक्नुहुन्छ त्यसैगरी 9801013311/ 9802002870 मा पनि सम्पर्क गर्न सक्नु हुनेछ । ग्राहकहरुले रु. ५,०००/- प्रि–बुकिङ्गको लागि भुक्तानी गर्नुपर्ने हुनेछ र बाँकी ह्यान्डसेट पाउनु भएपछि भुक्तानि गर्नुपर्ने छ ।

“अगिल्लो समयहरुमा Samsung को फोल्डिङ फोनहरु नेपालमा नभित्रिदा पनि अहिले भने हामीले नेपालमै पहिलो पटक Samsung को Galaxy Z Fold 2   स्मार्टफोन स्मार्टडोकोबाट प्रि–बुकिङ्ग गराउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । यस Samsung Galaxy Z Fold 2 स्मार्टफोन एकदमै राम्रो र अपग्रेड भर्जनको साथ नेपाली बजारमा उपलब्ध गराईनेछ ।” दिकेश मल्होत्रा, अध्यक्ष र सीईओ, आईएमएस ग्रुप ।
स्मार्टडोकोबाट प्रि–बुकिङ्ग असोज २८ गते सम्म मात्र खुल्ला गरिएको छ । छिटो गर्नुहोस्! र प्रि–बुकिङ्गको लाभ उठाउनुहोस् । स्मार्टडोकोले Samsung Galaxy Z Fold 2 नेपाल भरी निःशुल्क डेलिभरी गर्नेछ ।

स्मार्टडोकोको बारेमा
स्मार्टडोको नेपालको एक मध्य सबैभन्दा ठूलो ई–कमर्स प्लेटफर्म हो र सरल र सुरक्षित पनि छ । स्मार्टडोकोमा १० विभिन्न क्याटोगोरी छ र थुप्रै सव क्याटोगोरीहरु छन् जहाँ ग्राहकहरूले १०,००० भन्दा बढी सामानहरू खरीद गर्न सक्नुहुनेछ । ग्राहकहरूलेwww.smartdoko.com वेभसाइट भिजिट गर्न सक्नुहुनेछ र एन्ड्रोइड वा आईएसवोमा स्मार्टडोका सजिलै डाउनलोड गर्न सकिनेछ ।