बेल्जियमका प्रधानमन्त्रीलाई प्रधानमन्त्री ओलीकाे बधाई सन्देश


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज २० २०७७
8K
SHARES

   २० असाेज काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्जियमका नवनियुक्त प्रधानमन्त्री अलेक्जेण्डर डेक्रुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बधाई सन्देश पठाएका छन् । नेपाल र बेल्जियमबीचको सम्बन्ध सुमधुर रहेको बताउँदै सन्देशमा प्रधानमन्त्री ओलीले भावी दिनमा दुई देशबीच सहयोगका क्षेत्रहरु निरन्तर विस्तार हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।                                                                  यसैगरी,परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सोफी विल्मेसप्रति बधाई ज्ञापन गर्दै उनको कार्यकालमा द्विपक्षीय व्यापार–लगानीसहित नेपाल–बेल्जियम सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्