नबिल बैंकको सञ्चालक समिति अध्यक्षमा उपेन्द्र पौडेल
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असोज २३ २०७७
4.7K
SHARES
२३ अशोज काठमाडौं । नबिल बैंकको सञ्चालक समितिको अध्यक्षमा उपेन्द्र पौडेल आएका छन् । निवर्तमान अध्यक्ष शम्भुप्रसाद पौडेलको पदावधि सकिएपछि पौडेललाई अध्यक्ष बनाइएको हो। २०७४ मंसिर १५ गतेबाट नबिल बैंकको संचालक समितिमा रहँदै एका पौडेल बैंकर्स संघको अध्यक्ष समेत भैसकेका छन् । यसअघि एनएमबि बैंकको प्रमुख कार्यकारीबाट अवकाश पाएपछि उनी नबिलको सञ्चालक समितिमा नियुक्त भएका थिए।
नविलमा शम्भुसँगै दयारामगोपाल अग्रवालको पनि ४ वर्षे कार्यकाल पूरा भएको छ । अग्रवाल गत १७ गते बैंकबाट बिदा भइसकेका छन्। शम्भु पौडेल भने २०४२ सालदेखि नबिलको सञ्चालक समितिमा रहँदै आएका थिए भने अग्रवाल २६ वर्षभन्दा बढी समयदेखि सञ्चालक समितिमा रहेका थिए । अहिले नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल शाह रहेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट