उपत्यकामा थप १४ सय ९ जनामा कोरोना संक्रमण


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज २३ २०७७
5.2K
SHARES

२३ असोज काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै देशभर पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । १३ हजार २७९ जनाको परीक्षण गर्दा २ हजार ५९ जना संक्रमित भेटिएका हुन् ।देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।