उपत्यकामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज २४ २०७७
3.3K
SHARES

२४ असोज काठमाडौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा २ हजार ६ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मकै धेरै हो।

पछिल्लो १ महिनादेखि संक्रमितको संख्या उपत्यकामा धेरै देखिन थालेको छ ।मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार १ सय जना, भक्तपुरमा २ सय ३ जना र लतिलपुरमा ३ सय ६९ जनासहित काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा २ हजार ६ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।