थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि
३० असाेज काठमाडौ ।देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३३६ र होम आइसोलेशनमा २५ हजार ४६ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमितप्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै कोरोना संक्रमितको कुल संख्या १२६,१३७ पुगेको छ ।
यसैगरी नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७१५ जना पुगेको छ । बितेको २४ घण्टामा कोरोनाभाइरसबाट थप २१ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल संख्या ७१५ पुगेको गौतमले जानकारी दिए ।