सुरक्षाका सबै मापदण्डको पालना गर्दै चाडपर्व मनाउन अध्यक्ष प्रचण्डको अपिल
१० कात्तिक काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै दशैंलगायतका चाडपर्व मनाउन सबैमा अपिल गरेका छन् ।
दशैं, तिहार, छठ, नेपाल संवतलगायत चाडपर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले कोभिड–१९ को विषम परिस्थितिमा सुरक्षित भएर पर्व मनाउन अपिल गरेका हुन् ।
नेपाली समुदायले मनाउने विभिन्न सांस्कृतिक चाडपर्वले आपसी सहिष्णुता, भ्रातृत्व र भावनात्मक एकता पैदा गर्ने उल्लेख गर्दै उनले यिनै चाडपर्वले नेपाली समुदायमा राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पुर्याएको बताएका छन् ।