नेपाल र भारतबीच अझै एक महिना उडान नहुने
१६ कात्तिक काठमाडौं । नेपाल र भारतबीच ११ चैत २०७६ यता रोकिएको हवाई उडान अझै कम्तिमा एक महिना सुरु नहुने भएको छ ।
भारतमा रहेका विभिन्न मुलुकका नागरिकलाई फिर्ता लैजान सक्ने गरी भारत सरकारले ल्याएको ‘एयर बबल स्किम’ नेपाल सरकारले अस्वीकार गरेपछि नेपाल र भारतबीच तत्काल हवाई उडान सुचारु नहुने भएको हो ।
मन्त्रालयले १ कात्तिकबाट उडान सुरु गर्ने गरी प्रस्ताव परेको थियो । सो प्रस्ताव सीसीएमसीबाट मन्त्रिपरिषद् पुगेपनि पास भने नभएको मन्त्रालय स्रोतले जनाएको छ ।
सोहीकारण तत्काल भारतका लागि नेपालबाट हवाई उडान नहुने भएको हो । भारत सरकारले ३० नोभेम्बर २०२० सम्म लागू हुने गरी अन्तराष्ट्रिय व्यवसायिक उडानमा प्रतिवन्ध लगाएको छ । सोहीकारण भारतमा कम्तिमा १ महिना उडान नहुने भएको हो ।