पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना संक्रमण पुष्टि
७ मंसिर काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३२ जनामा गरिएको परीक्षणमा १६६९ संक्रमित भेटिएका हुन् ।
संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९५७ जना रहेका छन् ।योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५ हजार ६९९ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ रहेको छ ।सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ ।