प्रधानमन्त्री निवासमा नेकपाकाे स्थायी कमिटी बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर २८ २०७७
7.7K
SHARES

२८ मङ्सिर काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक बस्दैछ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे बस्दैछ। यसअघि बैठक मंसिर २१ गते पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा बसेको थियो।

२१ गतेको बैठकमा एक पत्र पठाउँदै अध्यक्ष ओली भने अनुपस्थित भएका थिए। ओलीको पत्रमा अध्यक्ष प्रचण्डले कात्तिक २८ गते सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता हुनुपर्ने अडान राखेका छन्।

सोही दिनको बैठकमा सबै स्थायी कमिटी सदस्यलाई अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रतिवेदन र पत्र अध्ययनका लागि वितरण गरिएको थियो।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच सचिवालय बैठकमा आरोप-प्रत्यारोप चलेपछि पार्टी विवाद स्थायी कमिटीसम्म पुगेको छ ।