सेलप र फोनपे विच सहकार्य


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर २९ २०७७
7.9K
SHARES

२८ मङ्सिर काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. (सेलपे) तथा नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा संचालक फोनपे पेमेण्ट सर्भिस लि. (फोनपे) विच सहकार्य भएको छ । यस सहकार्य अन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कका सम्पूर्ण मर्चेण्टहरुमा भुक्तानी गर्न सक्ने छन् । सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुमा भुक्तानी गर्दा उपलब्ध ग्राहक योजनाहरुको फाईदा उठाउन सक्नुका साथै हरेक त्तच् भुक्तानीमा रिवार्ड पोइन्टस पनि पाउनेछन् । उक्त सम्झौतापत्रमा सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवन प्रधान तथा फोनपे पेमेण्ट सर्भिस लि. का तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले हस्ताक्षर गर्नु भयो ।

कोरोना भाईरस (कोविड १९) को संक्रमणबाट बच्नको लागि ग्राहकहरुको सुरक्षा र आवश्यकताहरुलाई ध्यानमा राखी सकेसम्म नगद कारोवार नगरी डिजिटल कारोवार गर्न सकियोस भनी यो सहकार्य गरिएको हो । साथै यस सहकार्यले सेलपे तथा फोनपेको एक अर्काका सेवाहरु विच अन्तरआवद्धता भई ग्राहकहरुले अत्यधिक फाईदा उठाउन सक्ने छन् ।यस सहकार्य अन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कमा आवद्ध रहेका करीव १६०००० मर्चेण्टहरुमा भुक्तानी गर्न सक्ने छन् । सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुबाट कुनै पनि सामान वा सेवा खरिद गर्दा सेलपे एप्पबाट उक्त मर्चेण्टमा रहेको फोनपे त्तच् ऋयमभ क्अबल गरी भुक्तानी गर्न सक्ने छन् ।सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ ।

– बास्तविक समयमा भुक्तानी
– बिना वालेट कारोबार गर्न सकिने
– सरल एवं सुरक्षित
– लोयल्टी पोइन्टस पाईने

सेलपेबाट विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, स्वदेशभित्र गरिने रेमिट्यान्स पठाउन(पाउन, बिमा रकम भुक्तानी, भ्ःक्ष् भुक्तानी, विभिन्न पसल तथा रेष्टुरेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, सरकारी दस्तुरहरुको भुक्तानी, एद्दए, एद्दद्य, द्यद्दए, द्यद्दद्य आदि वास्तविक समयमा गर्न सकिन्छ । सेलपे मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्ने छन् । सेलपे एप्प गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरबाट डाउनलोड गर्न सकिन्छ ।सेलपे एप्प डाउनलोड गरी आजै आफ्नो बैंक खाता लिंक गर्नुहोस् ।