(नेकपा)काे स्थायी कमिटी बैठक सुरु
१ पुस काठमाडौं । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् । यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी बनेका छन् ।
स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डसँगको छलफलमा सहभागी एक नेताले अनलाइनखरलाई दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएका हुन् ।प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको ती नेताले जानकारी दिए ।