पेट्रोलियम पदार्थ विक्रेताको कमिसन बढ्यो


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ १८ २०७७
5.4K
SHARES

१८ माघ काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गर्ने विक्रेतालाई कमिसन बढाएको छ । लामो समयदेखि पेट्रोलियम पदार्थ बिक्री गरी दिए बापतको कमिसन बढाउन पेट्रोलियम पदार्थमा कमिसन बढाउन माग गरे पनि निगम भने कमिसन बढाउन सहमत भएको थिएन । बिक्रेताले निगमले पेट्रोलियम पदार्थको कमिसन नबढाए आइतबारदेखि आन्दोलन गर्ने चेतावनी दिएपछि निगमले पट्रोलियम पदार्थ विक्रेताको कमिसन बढाएको हो ।                             यसअघि नेपाल पेट्रोलियम डिजर्स राष्ट्रिय एसोसियसनले गत १२ माघमा कमिसन नबढाए आइतबारदेखि आन्दोलनमा जाने भन्दै निगमलाई पत्र बुझाएको थियो ।