ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढ्यो
२८ माघ काठमाडौ । नेपाल आयल निगमले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
आज बसेको निगम सञ्चालक समितिको बैठकले भारतबाट बढेर आएको मूल्यअनुसार समायोजनको निर्णय गरेको हो।बढेको मूल्य राति १२ बजेदेखि लागू हुनेछ।
डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढेको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११२, डिजेल तथा मटीतेलको ९५ रुपैयाँ पर्नेछ।
त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको निगमले जनाएको छ।
अब खाना पकाउने ग्यासको प्रतिसिलिन्डर मूल्य १ हजार ४ सय रुपैयाँ कायम भएको छ।