अब भागरथी हत्याकाण्डका दोषी चाँडै पक्राउ पर्छन् -गृहमन्त्री थापा


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन ४ २०७७
4K
SHARES

४ फागुन काठमाडौं ।नेपाल सरकारका  गृहमन्त्री रामबहादुर थापाले भागरथी भट्टका हत्यारालाई चाँडै पक्रेर कारबाहीको दायरामा ल्याइने बताउनु भएको छ ।

सर्वोच्च अदालत बार एशोसिएशन महिला समिति नेतृत्वकाे टोलीसँग मंगलबार मन्त्रालयमा भएकाे भेटमा गृहमन्त्री थापाले सो घटनाका दोषीलाई चाँडै पक्राउ गरी कानुनी कठघरामा उभ्याइने बताउनुभयो।

प्रहरी भागरथीलाई बलात्कारपछि हत्या गर्ने दोषी नजिक प्रहरी पुगेकाे उहाँले जानकारी दिनुभयो  । विगतका अनुसन्धानलाई ध्यान दिँदै भट्ट हत्याकाण्डलाई टुंगाेमा पुर्‍याइने प्रतिबद्धता पनि गृहमन्त्रीले जनाउनुभयो ।

महिला समितिले भागरथी हत्याकाण्डकोअनुसन्धान प्रभावकारी बनाइ दाेषीलाई कारबाहीको माग गर्दै ज्ञापनपत्रसमेत बुझाएको छ । पीडित तथा पीडितका परिवारलाई उचित न्याय दिलाउन, अपराधीलाई संरक्षण दिने समाज तथा राजनीतिक व्यक्तिहरुलाई समेत पहिचान गरेर कारबाही गर्न पनि टाेलीले माग गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका-३ की भट्टको माघ २२ गते बलात्कारपछि हत्या भएके थियो।