आज सेयर बजार दोहोरो अंकले वृद्धि
४ फागुन काठमाडौं । आज मंगलबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । दिनभर भएको तीव्र उचारचढाव पछि अन्तत सेयर कारोबार माकक नेप्से परिसूचक बढेर बन्द भएको छ ।
१५ दशमलव ५० प्रतिशतले बढेर नेप्से परिसूचक २ हजार ६ सय १ दशमलव ५१ अंकमा पुगेर रोकिएको छ । उता क वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स् पनि ४ दशमलव ०९ अंकले वृद्धि भएको छ ।
कारोबार रकम १० अर्ब नाघेको छ । दिनभर भएका ७६ हजार ४९३ कारोबार बाट १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम १० अर्ब ३ करोड ५४ लाख ५४ हजार ९ सय ५५ रुपैयाँ पुगेको छ ।