सेयर कारोबार घट्यो


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन ५ २०७७
3K
SHARES

५ फागुन काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब १० अंकले उकालो लागेको छ । समग्रमा नेप्से परिसूचक ९.९४ अंकले बढेर २ हजार ६ सय ११ दशमलव ४५ अंकमा पुगेको छ ।

मंगलबार बैंकमै लगानीकर्ताहरुको धेरै आकर्षण देखिएको थियो । अधिकांश कम्पनीहरुको सेयर मूल्य घट्दा पनि मंगलबार बैंकिङ र विकास समूह बढेको थियो । बुधबार पनि यो क्रम जारी नै रहेको छ । यद्यपि, बुधबार भने बढ्ने समूहमा व्यापार पनि थपिएको छ । बुधबार ८ अर्ब ३ करोड ५५ लाख रुपैयाँको कारोबार भएको हो ।