नबुझेको भाषण
सहिद रगत र पसिना चुसेर
रात्तै भएको मुखलेहरूले
भाषणमा एक अर्को लाई देखाउदै
मलाई नै सामन्ती भन्छ
मलाई नै शोषक भन्छ ।।।
देश स्वतन्त्र भए पनि नागरिकहरू दासताबाट मुक्त भएनन्
जहाँ देशको एउटा भूगोलमा
सरकारी गोली खाएर रगताम्य छ।।
अनि अर्को चर्को स्वरमा भाषण गरि भन्दै छ
देशमा सामाजिक सुरक्षाको अनि
सुखि नेपालि समृद्ध नेपाल बनाउछौ भनेर
म बुझ्न सक्तिन???
उसले भनेको देश कुन हो
देशबासी को हुन्?
सन्तान लाई सीमा रक्षामा खटाएर
आमा-बाबुलाई अनशनमा राख्ने
उसले भाषणमा भन्दै गरेकाे कुरा
मैले बुझ्न सकिन
बिजुली कटौती गरेर
सञ्चारमा प्रतिबन्ध लगाएर
सूचनाका तारहरू काटेर
प्रविधि प्रतिबन्धित गरेर
डिजिटल रूपमा प्रस्तुत गरिएका
उसको भाषण साच्चिकै मैले बुझिन
उसकाे चर्काे स्वरको भाषण
के का लागि अनि कसका लागि
मैले बुझ्दै बुझिन ??
एकातिर हाम्रो बिडम्बना छ भने
आफ्नो सार्वभौमिकता रक्षा गर्नु छ
उसकै पाउमा अर्पण गरेर
उसकै पैताला चाट्दै
उसले फेरि पनि भाषण गर्दैछ ।
शिक्षकहरूलाई यातना गृहमा राखेर
उ पनि अचेल
शैक्षिक उपलब्धिका गदै
उपाधि र पुरस्कार थाप्दै अाफुलाई
ठुलौ ज्ञाताको रूपमा साबित गर्दैछ
अस्थायी चिकित्सकलाई खटाएर
स्वास्थ्य स्थायित्वका
अनि अस्थायी शिक्षकलाई पठाएर
शैक्षिक उपलब्धिको
जुन प्राप्तिका कुरा उ भाषणमा भन्दैछ
म बुझ्न सक्तिन
साच्चिकै बुझ्न सक्तिन म।।।।
यो देश कसरी स्वतन्त्र छ?
यो देश कहाँ विकासको गतिमा छ?
भाषण गर्ने हरूबाट सहजै भने जस्तो
नागरिकले स्वतन्त्रता पाएकै छैनन् युवाले उत्पादन गर्न कामकाे खाेजिमा खाडि जानु पर्छ अाफ्नो
जिविकाका निम्ति विदेशिनु पर्छ भने
भाषण गर्नेले भनेको देश
खै कुन देश हो म बुझ्दिन
मैले टेकेको माटो पनि कुन देश हो
छुट्टाउनै सक्तिन म ।।।।
रचनाकार :-भवानी वजगाँई
वाग्मती गा पा ७ ललितपुर नेपाल