सरकारले संविधान मिच्दैन – प्रधानमन्त्री ओली


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ७ २०७७
5.4K
SHARES

७ फागुन काठमाडौ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार जनमतको भावना विपरित नजाने बताएका छन् । आज ७१ औँ प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतेृत्वको सरकारले संविधान नमिच्ने र मिच्न नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘अहिलेको सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिँदैन । जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन ।’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीलेजनअनुमोदित प्रक्रियाको बाटोमा जाने र देशलाई अस्थिरताबाट जोगाउनको लागि आफूले नयाँ निर्वाचनको घोषणा गरेको बताए । साथै तोकिएकै मितिमा निर्वाचन हुने विश्वास व्यक्त गरेका छन् । त्यस्तै सानातिना मतभेदलाई छोडेर बृहत्तर हितमा एकताबद्ध भएर अघि बढ्ने कुरामा जोड दिएका छन् ।