कांग्रेस र वामपन्थी दलबीच सहकार्यको अवस्था आयो – महासचिव पोखरेल


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज १८ २०८३
361
SHARES

१८ असोज काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको रक्षाका लागि सामूहिक सहकार्यको अवस्था निम्तिएको बताएका छन् ।कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्दे उनले सहकार्यको आवश्यकता ‍औँल्याएका हुन् । जननिर्वाचित सरकार संसद्प्रति उत्तरदायी नभएको, नागरिकप्रति जबाफदेही नभएको कारणले लोकतन्त्रमा खतरा उत्पन्न भइरहेको बताए ।

विगतमा निरंकुशताको अन्त्यका लागि वामपन्थी दल र कांग्रेसबीच सहकार्य भएको स्मरण गर्दै उनले अहिले पनि लोकतन्त्रको रक्षामा सहकार्य आवश्यक रहेको बताए । ”पहिले निरंकुशताको अन्त्यका लागि कांग्रेसले वामपन्थीसँग सहकार्य गरेको थियो । लोकतन्त्रको रक्षाका लागि अब सहकार्य गर्छ वा गर्दैन भन्ने प्रश्न आएको छ,” उनले भने । राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि कांग्रेस र वामपन्थी दलबीच वृहत् सहकार्यको आवश्यकता रहेको उनले बताए ।