संविधान संशोधन संसद्को गणितको विषय मात्रै बन्नु हुँदैन – उपसभापति विश्वप्रकाश शर्मा


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज १८ २०८३
152
SHARES

१८ असोज काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनको विषय सत्ता र प्रतिपक्षको चाहनाको मात्रै विषय बन्न नहुने बताएका छन् । आइतबार पार्टीको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा उनले राष्ट्रिय प्रश्नमा सहकार्य आवश्यक रहेको बताए ।

“संविधान संशोधनको विषय संसद्को गणितको विषय मात्रै बन्नु हुँदैन,” उनले भने, “केबल गणितको विषय बन्दैन, समग्रको अपनत्व र भावानाको विषय बन्नुपर्छ ।”  शर्माले सरकारले संविधान बनाउँदाका बेला भएका र अहिले सदनमा नरहेका दललाई पनि समेटेर अघि बढ्नुपर्ने धारणा राखे । उनले जेननी आन्दोलनको मुद्दाले उठाएको भावना समेटेर जानुपर्ने बताए । मधेस आन्दोलनसहितका कुरा समेट्नुपर्नेमा ध्यान दिइनुपर्ने बताए ।