ओलीले तल्काल राजीनामा दिनुपर्छ – संयोजक वामदेव
१२ फागुन काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सॅयोजक बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले तल्काल राजीनामा दिनुपर्ने धारणा राखेका छन्। उनले सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक ठहर भएकाले तल्काल राजीनामा दिनुपर्ने धारणा राखेका हुन्।
आज गौतमले एक विज्ञप्ति जारी गरी पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सचिवालयको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाउन आग्रह गरेका छन् । संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गरेको बताउँदै राष्ट्रपतिले प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नुपर्ने बताएका छन्।