ओलीलाई राम मन्दिरको पुरोहित बनाइदिऊँ – नेता पाण्डे


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन १२ २०७७
8K
SHARES

१२ फागुन काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले देश अब केपी शर्मा ओलीको सेटिङमा नचल्ने बताएका छन्। ओली सेटिङ चल्दैन भन्ने कुरा अदालतले प्रमाणित गरिदियो,’ पाण्डेले भने, ‘यो प्रतिगमन विरोधी आन्दोलनमा सहभागी हुने सबैलाई धन्यवाद छ। सर्वोच्च अदालत र न्यायाधीशहरूलाईअझ धेरै धन्यवाद पार्टीकोतर्फबाट।’

‘केही दिनअघि ओलीजी यहीँ आएर भन्नुभएछ, कहाँ छौ सांसदहरू तीन-तीन जना? म भएको भए माडीमा एउटा राम मन्दिर बनाउने थिएँ। म माडीका मेयरलाई भन्न चाहन्छु, माडीमा राममन्दिर बनाउने विषयमा चितवनबाट निर्वाचित सबै सांसदले सहयोग गर्छौं,’ उनले भने, ‘म एउटा प्रस्ताव गर्न चाहन्छु प्रधानमन्त्री तपाईंलाई रुचेन, त्यहाँ मन्दिर बनाएर मूल पुरोहित केपी ओलीलाई राखिदिऊँ। त्यसो भएपछि उहाँलाई त्यसैले चित्त बुझ्छ।’ उनले ओलीले कथा, कुथुरी, अन्टसन्ट जाली कुरा गरेर देश चलाउन खोजेको टिप्पणी गरे।