अब युनिफाईट साकोसको सेवा सेन्टर ताम्राकार महलमा पनि


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन १३ २०७७
12.2K
SHARES

१३  फागुन काठमाडै ।  यूनिफाईड बचत तथा ऋण सहकारी सस्था  लिमिटेडको सेवा सेन्टर ताम्राकार महलमा पनि आज दाखि संचालन  भएको छ ।सो सेवा सेन्टरको उद्धघाटन नेपाल सरकारका सञ्चार मन्त्री श्री पार्वत गुरुङ ज्युले गर्नु भयो।कार्यक्रममा मन्त्रि गुरुङले आफुले यस संस्थाको लगानीलाई व्यवसायिक क्षेत्रमा मात्र नभई उत्पादनका क्षेत्रमा रहेको आफ्नो लगानीलाई अझै बढाएको हेर्न चाहेको बताए । साथै उनले यस्ता सहकारी संस्थाहरुबाट देशको आर्थिक मेरुदण्ड बलियो हुँदै गएको पनि उल्लेख गरिन् ।

कार्यक्रमको समापन सभामा बोल्दै उदयमान युवा उधोगपति तथा सस्थाका अध्यक्ष जीवन चलाउनेले आज भन्दा ९ वर्ष पहिले देखि संचालन हुदै आएको यस सस्थाको अहिलेको लगानी र शेयर सदस्यहरुका साथै कर्मचारीहरुको सस्था प्रतिको बफादारिता देखेर आफै अचम्मित भएको कुरा व्यक्त गरेका थिए।

उनले आफ्नो ८० प्रतिशत समय यस संस्थालाई दिँदै आएकोमा अझै आफनो समय लाई यस संस्था प्रति दत्त चित्त भएर दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।साधारण सभामा बोल्ने अतिथि तथा प्रमुख अतिथिहरुले युवा उधमी जीवन चलाउनेको नेतृत्वमा रहेको यस सस्थासंग राष्ट्र र उधमीहरुका धेरै अपेक्षा र आशा रहेको कुरा उल्लेख गरेका छन् ।

करिब ५००० शेयर सदस्य, १०० भन्दा बढी कर्मचारी रहेको यस सस्थाको पूजी २ करोड २६ लाख कर्जा २६ करोड ६६ लाख रहेकोमा खराब कर्जा शुन्य रहेको छ ।संस्थाले अघिल्लो आर्थिक वर्षमा ७८ लाख कमाएकोमा आउँदो आर्थिक वर्षमा १ करोड ४० लाख नाफा आर्जन गर्ने अपेक्षा गरेको छ । संस्थाले बिगतका वर्षहरुमा झैँ गर्दै आएको सामाजिक कार्यहरु लाई आगामी वर्षहरुमा अझै बढावा दिने कुरामा समेत प्रतिबद्धता व्यक्त गरेको छ । यसको मुख्य कार्यालय काठमाडौँ नयाँबजारमा छ भने काठमाडौँको कुलेशोरमा पनि यस भन्दा अघिनै  सेवा सेन्टर स्थापना गरिएको छ ।