बामदेव र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

के भयो सहमति ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १४ २०७७
8K
SHARES

१४ फागुन काठमाडौ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार (आज) दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उपाध्यक्ष गौतम र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो ।

जानकारी अनुसार उक्त भेटमा उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओली समक्ष पार्टी एकताको प्रस्ताव गरेका छन् । गौतमले पार्टी एकताका लागि पहल गर्न आग्रह गरेपनि यता ओलीले भने प्रष्ट जवाफ नदिएका बताइएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेसँगै गौतमले पार्टी एकताका लागि ओली प्रधानमन्त्रीबाट सम्मानजनक बहिर्गमन हुनुपर्ने बताउँदै आएका छन् ।

तर, प्रधानमन्त्री ओलीले भने तत्काल राजीनामा नदिने अडान लिँदै आएका छन् । प्रधानमन्त्री ओलीले केही समय अगाडि मात्र नेकपाको संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएका छन् । साथै, देव गुरुङको ठाउँमा खोटाङबाट निर्वाचित विशाल भट्टराईलाई नियुक्त पनि गरिसकेका छन् ।