ओलीले गोल गरेर हारिसके – नेतृ झाँक्री


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १४ २०७७
6.9K
SHARES

१४ फागुन बाग्लुङ । आज प्रधानमन्त्री केपी शर्मा ओली आफैंले आत्मघाती गोल गरेर हारिसकेको नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले बताएकी छन् ।

बागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै झाँक्रीले ओलीसँग थप गोल गर्ने समय बाँकी नरहेको बताइन् ।

‘खेलको नियम हुन्छ, समय हुन्छ । आत्मघाती गोल गरेर केपी ओली पराजित भइसकेका छन् ।

थप गोल गर्ने समय सकिएको छ,’ उनले भनिन् । अब पार्टी विभाजनमा सामेल खलपात्र बाहेकको कम्युनिस्ट पार्टी बन्ने झाँक्रीले बताइन् ।