स्मार्टडोको नेपालमा उच्च मूल्याङ्कन ई–कमर्स्को रूपमा मान्यता


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन १६ २०७७
2.9K
SHARES

१६ फागुन, काठमाडौं । नेपाली ई–कमर्स् कम्पनी स्मार्टडोकोले भर्खरै आईएमएस ग्रुपको लगानी पछि ४.५ अंक सहित नेपालमा उच्च मूल्याङ्कन ई–कमर्स् एप्को रूपमा मान्यता प्राप्त गर्न सफल भएको छ ।स्मार्टडोको एक अनलाइन सपिङ्ग गन्तव्य हो जस्मा विभिन्न थरीको सामानहरु ग्राहकलाई बिना झन्झट एक क्लिकमै उपलब्ध गराइन्छ । स्मार्टडोकोले आफ्नो वेबसाइट र मोबाइल एप्लिकेसनलाई पुनः सुधार गरी दुई महिना अघि पुनः सुरू गरेको थियो । स्मार्टडोकोसँग अहिले १०,००० भन्दा बढि सामानहरू छ र यसले हरेक दिन आकर्षक बिक्रि र आश्चर्यजनक कारोबार गर्ने गर्दछ ।

स्मार्टडोकोका  ग्राहकहरुले पाउने थप सुविधाहरु यस्ता रहेका छन् –

– रिंगरोड भित्र निः शुल्क डेलिभरी
– हरेक खरीदमा रिवार्ड पोइन्ट
– भारी छुट र छुट कुपनहरू
– सजिलै रिटर्न गर्न सकिनेछ
– भुक्तानी विकल्प (नगद / कार्ड / सेलपे / ई–सेवा/ मास्टरकार्ड)

“सर्वप्रथम, छोटो समयको दौरानमा स्मार्ट डोकोलाई नेपालमा सबैभन्दा उच्च मूल्याङ्कन गरिएको ई–कमर्शका रुपमा स्थापित गर्न निरन्तर माया र साथ प्रदान गर्नुभएकोमा हामी हाम्रा ग्राहकहरु तथा शुभ चिन्तकहरुलाई धन्यवाद दिन्छौ भन्दै  आई.एम.एस. ग्रुपका अध्यक्ष तथा सि.ई.ओ., दिकेश मलहोत्राले  भनेका छन ।स्मार्टडोको रिलन्च सोचे जस्तो नभएता पनि हामीले उत्तम सेवा दिने प्रयास गर्यो । अन्तमा, हामी दुबै प्ले–स्टोर र एप्–स्टोरमा उच्च रेटिङ्ग ई–कमर्स् एप् हुन सफल भयौं । हाम्रा लागि ग्राहक सन्तुष्टि अत्यन्त महत्वपूर्ण रहेकोे छ र हामीले हाम्रा ग्राहकहरुलाई सधैं उत्कृष्ट सेवा प्रदान गर्ने प्रयत्न गरेका छौं । स्मार्टडोकोलाई सकारात्मक प्रतिक्रिया र उच्च मूल्याङ्कन गरिएकोमा हामी सही दिशातर्फ छौं भन्ने हामीलाई लाग्दछ तर हाम्रो गन्तव्य अझै टाढा छ ।

उत्कृष्ट सामान, मूल्य तथा कारोबार एवं उत्साहजनक अभियान मार्फत हामी ग्राहकहरुको सन्तुष्टि प्रदान गर्न र अपेक्षा बढाउन हाम्रा प्रयासहरु केन्द्रित गर्नेछौं र सबैभन्दा महत्वूर्ण कुरा, हाम्रा ग्राहकहरुलाई नेपालमा सबभन्दा बढी सुविधाजनक अनलाइन शपिंगको अनुभव दिन प्रयास गराउनेछौं ।