नेप्सेमा सूचीकृत सबै समूहमा हरियाली


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन १७ २०७७
6.1K
SHARES

काठमाडौं, १७ फागुन । केही दिनको करेक्सनपछि पुँजी बजार सोमबार पुनः लयमा फर्किएको छ । नेप्से सूचकले फेरि २५ सय विन्दु पार गरेको छ ।

सेयर बजार सूचक सोमबार ४०.६४ अंकले बढेर २५१५.०३ विन्दुमा बन्द भएको छ । ५ अर्ब ६९ कारोड रुपैयाँ भन्दा बढीको सेयर करोबार भएको छ । कुल १ करोड १८ लाख ३८ हजार ४८८ कित्ता सेयर खरिद बिक्री भएका छन् । नेप्सेमा सूचीकृत सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा धेरै जीवन बिमा समूहमा ३५९.१७ अंकले सुधार आएको छ ।

यता, सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४४ करोड ४८ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ । दोस्रोमा शिखर इन्सुरेन्सको ३० करोड ७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । चन्द्रागिरी हिल्सको सेयर भाउमा सर्किट लागेर बढ्नेक्रम सोमबार पनि जारी रहेको छ । यसको भाउ ९.९०% ले बढेको छ ।