आज राष्ट्र बैंकले १०अर्बको विकास ऋणपत्र बोलकबोल गर्दै


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन १८ २०७७
3.8K
SHARES

१८ फागुन काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ विक्री गरिने भएको हो।

ऋणपत्रको व्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपालीले खरिद गर्नसक्ने व्यवस्था गरिएको हो। यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइने छ। केन्द्रीय बैंकले मङ्गलबार अपराह्न ३ बजे उक्त ऋणपत्र बोलकबोल हुने जनाएको छ। ऋणपत्रको साँवा भुक्तानी २०८५ फागुन १९ गते हुनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित व्याजमा व्याजकर लाग्नेछ।