विप्लव र सरकारबीच आजै वार्ता हुनसक्ने
काठमाडौं, १८ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।
वार्ता टोलीको नेतृत्व पार्टी प्रवक्ता खड्कबहादु विकले गर्ने छन् भने अर्का सदस्य उदयबहादुर चलाउने रहेका छन् ।विक विप्लवपछिको दोस्रो नेता हुन् भने चलाउने पार्टीका केन्द्रीय सदस्य हुन । उनी जनमुक्ति सेनाको नेतृत्वमा रहेको बताइन्छ ।
विप्लव नेतृत्वको नेकपाका एक केन्द्रीय सदस्यका अनुसार वार्ता टोली गठन भएको छ , सम्भवत आजै घोषणा हुन्छ होला ।
सरकारले आजै विप्लवसँग वार्ता गर्ने भन्दै गृहमन्त्रीको नेतृत्वमा दुई सदस्ययी वार्ता टोली गठन गरेको घोषणा गरेको छ ।