विप्लव नेकपामाथिको प्रतिवन्ध फुकुवा !


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन १८ २०७७
6.9K
SHARES

काठमाडौं, १८ फागुन । सरकारले विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने भएको छ । हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भन्दै नेकपामाथि प्रतिबन्ध लगाएको सरकारले दुई वर्षपछि फुकुवा गर्ने तयारी गरेको हो ।

नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन भएको जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पार्टीमाथिको प्रतिबन्ध पनि फुकुवा गर्ने बताएका हुन् ।
प्रतिबन्ध फुकुवा भएपछि नेकपा शान्ति प्रक्रियामा आउने मन्त्री गुरुङले विश्वास व्यक्त गरे ।

सरकारले २०७५ फागुन २८ गते नेकपामाथि प्रतिबन्द लगाएको थियो । त्यसयता हालसम्म नेकपाका करिब दुई हजार बढी नेता, कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सयौ नेता कार्यकर्तालाई झुठा मुद्धा चलाएको छ । अझै थुप्रै नेता कार्यकर्ता जेल तथा हिरासतमा रहेका छन् ।

प्रहरीले दमन तथा धरपकड तिब्र बनाएपनि चार वटै सुरक्षा निकायले यो समस्याको समाधान राजनीतिक तहको वार्ताबाटै गर्नुपर्ने बताउँदै आएका थिए ।

यसअघि पनि सरकारले भूमिगत समूहहरुसँग वार्ता गर्न भन्दै सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा समिति गठन गरेको थियो । तर त्यतिबेला सरकारले नेकपासँग आधिकारीक रुपमा वार्ता गर्ने भनेर टोली भने गठन गरेको थिएन ।-Mirmire.com bata